• गृहपृष्ठ
  • नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

Apr 24th, 2020

काठमाडौ, बैशाख १२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री के.पी. शर्मा ओली बीच आज शुक्रबार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा सभापति देउवाले दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ भन्दै आफ्नो माग रहेको नेपाली कंग्रेसले बिज्ञप्ती मार्फत जानकारी दिएको हो ।

भेटका क्रममा देउवाले ब्यापक परिक्षण अहिलेको आवश्यकता हो र समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं भन्दै स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै अर्पयाप्त रहेको बताए । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छm श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्, राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेनm श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् भन्दै आफ्ना धारणहरु राखे ।

बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस, देउवाले भने । सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराएकाछन ।