• गृहपृष्ठ
  • महाकाली नदी तरेर फर्कियो दम्पती (तस्वीर)

महाकाली नदी तरेर फर्कियो दम्पती (तस्वीर)

Apr 24th, 2020

दार्चुला, १२ वैशाख

सीमा क्षेत्र सिल गरे पनि शुक्रबार एक दम्पती महाकाली नगरपालिका–९ उडैबाट ट्यूबमार्फत महाकाली नदी तरेर नेपाल फर्किएको छ । भारतको पिथौरागढको ढुंगातोलीमा मजदुरी गर्दै आएका दार्चुला मार्मा गाउँपालिका –६ का २५ वर्षीय प्रजापति र २२ वर्षीया रेखा देउरुखीलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । लकडाउन अवधिमा महाकाली नदी तरेर २२० जना नेपाल भित्रिएका छन् । तस्वीर : नरेन्द्रसिह कार्की/रासस