• गृहपृष्ठ
  • जीवन बिमक संघद्धारा कोरोना रोकथाम कोषमा रकम सहयोग

जीवन बिमक संघद्धारा कोरोना रोकथाम कोषमा रकम सहयोग

Apr 24th, 2020

काठमाडौ, बैशाख १२

जीवन बीमक संघले कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नेपालमा संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा चार करोड ४९ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

जीवन बीमक संघसंग आवद्ध जीवन बीमा कम्पनीहरुले यस संघ मार्फत एकमूष्ठ ८२ लाख ५० हजार र सोझै उक्त कोषमा तीन करोड ६७ लाख एक हजार रुपैयाँ समेत गरी कुल चार कारेड ४९ लाख ५१ हजार रुपैयाँ सहयोग गरिएको संघले जानकारी दिएको छ ।

जीवन विमक संघ नेपालले सम्पुर्ण विमित, ग्राहक तथा अभिकर्ता हरुमा सेवा तथा सुचनाकोे लागि सम्वन्धित जीवन वीमा कम्पनीहरुद्धारा जारी गरिएको सुचना वमोजिक आवश्यक सम्पर्क गरी सिमित सेवा तथा जानकारी लिन समेत अनुुरोध गरेको छ । संघले यस विषम परिस्थितीमा सम्पुण् बीमित, कर्मचारी, अभिकर्ता तथा अन्य महानूभावहरुमा सावून पानीले हात धूने, आईसोलेसनमा वस्ने, सामाजिक दुरी कायम गर्ने आदि स्वास्थ सम्वन्धि निर्देशनहरु इमान्दारी पूर्वक कार्यान्वयन गरी नेपाल सरकारको अभियान सफल पार्न पूनः हार्दिक अनुरोध गरेको छ ।

कुुन कम्पनीले कति दिए हेर्नुुहोस तालिका रकम रुपैयाँमा