• गृहपृष्ठ
  • उत्तर कोरियाका नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश

उत्तर कोरियाका नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश

Apr 24th, 2020

प्योङयोङ, १२ वैशाख (रासस/सिन्ह्वा)

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाउनु भएको छ ।

उहाँले एक पत्र पठाउदै बुधबार धन्यवाद ज्ञापन गर्नु भएको उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उहाँले धन्यवाद सन्देश पठाउनु भएको हो । उहाँका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ आँै जन्मोत्सव हो ।

धन्यवाद सन्देशमा दुई देशबीचको सम्वन्ध थप बलियो र राम्रो हँुदै जाने विश्वास पनि व्यक्त गरिएको छ ।

उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गर्नुभएको छ ।

सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त विरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उहाँले धन्यवाद सन्देश पठाउनु भएको खवर आएको हो ।

उहाँ विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर विरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।