• गृहपृष्ठ
  • कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग

कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग

Apr 22nd, 2020

काठमाडाँै, बैशाख १०

जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिनुभयो ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।