• गृहपृष्ठ
  • राष्ट्र बैंकद्धारा ३५ करोड रुपैयाँ लगानीको आव्हान

राष्ट्र बैंकद्धारा ३५ करोड रुपैयाँ लगानीको आव्हान

Apr 21st, 2020

काठमाडौ, बैशाख ९

नेपाल राष्ट्र बैंकले ३५ करोड ९७ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले आज मंगलबार आफ्नो बिभिन्न कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्धती निक्षेपमा राख्नको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुसंग प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार प्रस्ताव पेस गर्ने बैक तथा फाईनान्स कम्पनीहरुले आगामी शुुक्रबार अपरान्ह १२ः३० बजेसम्म लगानी गर्न चाहेको रकम र व्याज समेत तोकेर प्रस्ताव पेस गरिसक्नुु पर्ने छ । लगानीको लागि छुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि क्रमश २८ करोड ७९ लाख, पाँच करोड ३९ लाख र एक करोड ७९ लाख रुपैयाँ छुुटएको छ । रकम लगानीको अवधि २०७७ जेठ एक गते देखि बिसं २०७८ जेठ एक गतेसम्मको रहेको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।