• गृहपृष्ठ
  • सिटिजन्स बैंकको १३ औं वार्षिकोत्सव भर्चुृअली सम्पन्न

सिटिजन्स बैंकको १३ औं वार्षिकोत्सव भर्चुृअली सम्पन्न

Apr 19th, 2020

काठमाडौ, बैशाख ७

नेपालीहरुलाई वित्तिय सेवा सुविधा प्र्रदान गर्ने उद्देश्यका साथ मिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरिय बैंकिंग सेवाप्रवाहगर्दै आएको बैंकले यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ । विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम र लकडाउनका कारण भर्चुृअली मनाएको हो । यस बैंकको आज आईतबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुतिसार्वजनिक गरेको छ । यो प्रस्तुति यस बैंकको बेभसाईट तथा फेसबुुक लगायतका सामाजिक सञ्जालमा समेत राखिएको बैकले जनाएको छ ।

हरेक त्रैयमासमा यस बैंकले प्रमुख वित्तीयसूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेकाछन ।

बैंकले आफनो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन एक्स्ट्रा फिक्स डिपोजिट निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा एक लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा आठ दसमलव २५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा शुन्य दसमलव ५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने गा्रहकहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै आठ दसमलव २५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ । भर्चुृअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरेकाछन ।

बैकले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र एक सय तीन वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख भन्दा बढीग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

बैकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरसको महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । बैंकको ए.टि.एमकार्ड कुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गर्नुका साथै ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।