• गृहपृष्ठ
  • नेपाल एसबीआई बैंकद्वारा कोरोना कोषमा एक करोड योगदान

नेपाल एसबीआई बैंकद्वारा कोरोना कोषमा एक करोड योगदान

Apr 19th, 2020

काठमाडौ, बैशाख ७

नेपाल एसबीआई बैंकले कोरोना भाईरस (कोभिड १९) संक्रमण तथा रोकथाम कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंक सञ्चालक समितीको पछिल्लो पटक बसेको बैठकले कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

बैकले प्रदेश नं २ का मुख्य मन्त्री लालबावु राउत, वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई पाँच, पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख अविलम्ब उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जानकारी दिएको छ ।