• गृहपृष्ठ
  • सुर्या लाईफद्धारा कोरोना रोकथाम कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग

सुर्या लाईफद्धारा कोरोना रोकथाम कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग

Apr 18th, 2020

काठमाडौ, बैशाख ६

“तपाईको भविश्य, हाम्रो अभिभारा” भन्ने नारा साथ सञ्चालनमा आएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोराना भाईरस रोकथाम कोषमा रकम सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीका अनुसार विश्वव्यापी रुपमा फैलिरहेको नोवल कोरोना भाईरस (कोभिड १९० को महामारीबाट हाल विश्व अक्रान्त भैरहेको अवस्था छ । नेपाल लगायत विश्वका दुुई सय भन्दा बढी देशहरुमा यसको संक्रमण फैलिसकेको अवस्था छ । यस महामारीबाट हालसम्म विश्वका २० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका र एक लाख ५४ हजारभन्दा बढी मानिसको मृत्यू भैसकेको अवस्था विद्यमान छ र यो संख्या दिनप्रति दिन बढनेक्रम जारी छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सवै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् । यस विषम परिस्थितिमा नेपालमा पनि सरकारी तथा निजी संघ सस्था तथा ब्यक्तिहरुबाट आ–आफ्नो तर्फबाट नेपाल सरकारले महामारीलाई नियन्त्रण, जोखिम न्यूनिकरण तथा उपचारका लागि स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक तथा जिन्सी सहयोग गरेर यस महामारीबाट मुक्त हुन हातेमालो गरिरहेका छन् । यसै कडिमा सहयोगको निरन्तरतालाई जोडदैै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग गरेको हो, कम्पनीले भनेको छ ।

सम्पूर्ण देशवासीको सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको लक डाउनको अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता प्रस्तुत गरी संक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणमा आ–आफ्नो दायित्व महशुस गरी देशब्यापी अभियानमा साथ दिन हाम्रा सम्पूर्ण ग्राहक, अभिकर्ता, बीमित तथा सर्वसाधारणमा कम्पनीले अपिल समेत गरेको छ ।