• गृहपृष्ठ
  • एनसीसी बैंकद्धारा कोरोना भाइरस उपचार कोषमा एक करोड सहयोग

एनसीसी बैंकद्धारा कोरोना भाइरस उपचार कोषमा एक करोड सहयोग

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये रु. ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र रु.५/५ लाख गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो ।

बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको हो भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्य मन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरिएकोे हो । बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने विश्वास बैंकले गरेको छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन बैंकले सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।