• गृहपृष्ठ
  • आईएमई लाईफद्धारा कोरोना रोकथाम कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग

आईएमई लाईफद्धारा कोरोना रोकथाम कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

आई.एम.ई. लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले कोराना रोकथाम कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा उक्त रकम आर्थिक सहयोग गरेको हो ।
बिश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कंम्पनीले गरेको छ ।

यो सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालय मार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाकालागि सुरक्षा सामग्री पी.पी.इ. लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।