• गृहपृष्ठ
  • प्राईम कर्मसियल बैंकद्धारा कोरोना रोकथाम कोषमा एक करोड ७५ लाख रुपैयाँ सहयोग

प्राईम कर्मसियल बैंकद्धारा कोरोना रोकथाम कोषमा एक करोड ७५ लाख रुपैयाँ सहयोग

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

प्राइम कमर्सियल बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा शुुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुुन ।

उक्त रकम बराबरको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुुन । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको बैकले जानकारी दिएको छ ।