• गृहपृष्ठ
  • रिलायन्स लाईफद्धारा कोरोना रोकथाम कोषमा रकम सहयोग

रिलायन्स लाईफद्धारा कोरोना रोकथाम कोषमा रकम सहयोग

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम कोषमा रकम सहयोग गरेको छ । कम्पनीले कोरोना बिरुद्ध नेपाल सरकारको अभियानमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

नेपाललगायत विश्वका २१३ देशहरुमा यो भाइरस फैलिसकेको छ , हालविश्वमा १ लाख ३४ हजार भन्दा बढी मानिसहरुको निधन भइसकेको छ भने २० लाख भन्दा बढी मानिसहरु यस महामारीको चपेटामा परिसकेको अवस्था छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सबै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेकाछन् । यो संकटको घडीमा नेपालमा पनि सरकारी तथा निजी संघ संस्था तथा व्यक्तिहरुले सरकारी कोषमा आफ्नोे ठाउँबाट गर्न सकिने आर्थिक तथा जिन्सी सहयोग गरेर यस रोगबाट मुक्त हुन हातेमालो गरिरहेका छन् । यसै सहयोगलाई निरन्तरता दिदै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको कोरोना भाइरस विरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम सहयोगी गरेको हो, कम्पनीले भनेको छ ।

हालको यस विषम परिस्थितिमा विश्व नै रोगको रोकथाममा लागि परिरहेको अवस्थामा सबैको सामूहिक प्रयासबाट पक्कै पनि हामीले पार पाउने छौं र यस महामारीमा सहयोग गर्नु हाम्रो समेत दायित्व हो । यस सहयोगले अहिलेको महामारी रोकथाममा पक्कै पनि केही थप सहयोग हुनेमा रिलायन्स लाइफ इन्स्योरेन्स बिश्वस्त रहेको छ, कम्पनीले भनेको छ ।