• गृहपृष्ठ
  • चागुुंनारायणका सहकारीहरुद्धारा कोरोना राहत कोषमा २ लाख ५६ हजार सहयोग

चागुुंनारायणका सहकारीहरुद्धारा कोरोना राहत कोषमा २ लाख ५६ हजार सहयोग

Apr 16th, 2020

काठमाडौ, बैशाख ४

चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिकाभित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । कोरोना कोषमा चाँगुनारायण—६ नगरकोटस्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १ लाख रुपैयाँ, छिन्नमस्ता महिला साकोसले ३० हजार, नालाछाप प्रगतिशिल महिला साकोसले २१ हजार, सहयात्री साकोस र अष्टज साकोसले २०—२० हजार, सुरक्षा साकोस, क्षेत्रपाल गणेश कृषि सहकारी संस्था र दीपज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि.ले १०—१० हजार सहयोग प्रदान गरेको नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए । यसैगरी बृहत साकोस, सहारा साकोस, पर्वत साकोस, नौलो साकोस, सौडोल कृषि सहकारी, गोदावरी कृषि सहकारी र कामद कृषि सहकारीले ५—५ हजार रुपैयाँ सहयोग गरेको मिश्रले जानकारी दिए ।

नगरपालिका क्षेत्रभित्रका सहकारी सम्मिलित सहकारीहरुको संञ्जाल चाँगुनारायण नगरस्तरिय सहकारी सञ्जालको समन्वयमा रकम संकलन गरिएको सञ्जालका अध्यक्ष उमेश प्रधानले जानकारी दिए । सञ्जालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बिरुद्धको लडाइमा नगरपालिकालाई साथ दिन राहत रकम सहयोग प्रदान गरिएको सञ्जालका सचिव प्रल्हाद बास्तोलाले बताए ।