सेयर कारोवार बैशाख १५ गतेसम्म नै बन्द

Apr 15th, 2020

काठमाडौ, बैशाख ३

सेयर कारोवार बैशाख १५ गतेसम्म नै बन्द हुुने भएको छ । नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को आज बुुधबार बसेको सञ्चालक समितीको बैठकले लक डाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने घोषणा गरेको हो ।

देशमा कोरोना भाईरस (कोभिड १९) को प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही बैशाख चार गते देखि बैशाख १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।