• गृहपृष्ठ
  • नियोस्फ्रीद्धारा विधार्थीहरुलाई निःशुल्क अनलाईन टे«निङ्ग

नियोस्फ्रीद्धारा विधार्थीहरुलाई निःशुल्क अनलाईन टे«निङ्ग

Apr 15th, 2020

काठमाडौ, बैशाख ३

नियोस्फ्रीले विधार्थीहरुलाई निःशुल्क अनलाईन टे«निङ्ग दिने भएको छ । टे«निङका बकारेमा कम्पनीले बिज्ञप्ती जारी गर्दे भनेको छ, विश्वभर फैलिएको कोभिड–१९ का कारण अहिले देशभर लकडाउनको अवस्था छ र अहिलेको यस परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि हामी सबै घर बस्न बाध्य भएका छौं ।

अहिलेको परिस्थितिमा विधार्थीहरुको पढाई निकै प्रभावित भएको देखिन्छ र यसै समयको सदुपयोग गरी भविष्यकालागि तयार हुनको निमित्त नियोस्फ्रीले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग कक्षाहरु संचालन गर्देछ । सबैउमेर समूहका विधार्थीलाई हुने गरी प्रोग्रामिङ र ग्राफिक्स डिजाईनिङमा केन्द्रित भएर संचालन हुने उक्त कक्षाहरुमा १००० विधार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध गराइनेछ । ईच्छुक विधार्थीहरुले नियोस्फ्रीको वेभसाईटमा गएर रजिष्ट्रर गर्न सक्नुहुनेछ ।

शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पु¥याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित नियोस्फ्रीले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आई.टि. सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरु उपलब्ध गराउँदै आएको छ ।