• गृहपृष्ठ
  • सिटिजन लाइफद्वारा राहत कोषमा सात लाख ५० हजारको सहयोग

सिटिजन लाइफद्वारा राहत कोषमा सात लाख ५० हजारको सहयोग

Apr 15th, 2020

काठमाडौ, बैशाख ३

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनील कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम सहयोग गरेको हो । साथै कम्पनीसंगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागि अत्यावस्यक सहयोग गरेको जानकारी दिएको छ ।

विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यो समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्मभए पनि मद्दत पु¥याउँने आशा गरिएको छ ।