• गृहपृष्ठ
  • राष्ट्र बैंकले १० र पाँच रुपैयाँको नयाँ नोट छाप्ने

राष्ट्र बैंकले १० र पाँच रुपैयाँको नयाँ नोट छाप्ने

Apr 15th, 2020

काठमाडौ, बैशाख ३

राष्ट्र बैंकले १० र पाँच रुपैयाँ दरका नयाँ नोट छाप्ने सम्झौता गरेको छ । राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३० करोड थान र १० रुपैयाँ दरका ३४ करोड थान नयाँ नोट छाप्नको लागि चाईनीज कम्पनीसंग सम्झौता गरेको हो ।

नोट छपाईको लागि १४ जनवरी २०२० मा टेण्डर आव्हान गरिएको थियो । उक्त टेण्डरमा कम दरमा टेण्डर पेस गर्ने चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेससंग नोट छपाईको सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ । उक्त नयाँ नोट मध्ये पाँच रुपैयाँ दरको ३० करोड थान नयाँ नोट छाप्नको लागि अमेरिकी डलर ४३ लाख ९७ हजार पाँच सय र १० रुपैयाँ दरका ३४ करोड थान नयाँ नोट छाप्नको लागि अमेरिकी डदर ४१ लाख ४० हजार चार सयमा खरिद सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ ।