• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

Apr 14th, 2020

काठमाडौ, बैशाख २

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिना थविकास बैंकलेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको छ । बैंकले सल्यानको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामाग्री सहयोग गरेको छ । उक्त राहत सामाग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मानबहादुर डाँगीलाई हस्तान्तरण गरेका हुुन ।

यसैगरी,बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिकार शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष के.सी. र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामाग्री हस्तान्तरण गरेका हुुन । साथै, बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिका – ०५ मापनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका विरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले विरेन्द्रनगर नगरपालिकाका प्रमुख राजबहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका हुुन ।

यसका साथै, बैंकले काठमाडौंको टोखा नगरपालिका – ०६, धापासीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका – ०६, का वडा प्रमुख महेश्वर के.सीलाई हस्तान्तरण गरेका हुुन । बैंकले सहयोग गरेको राहत सामाग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री रहेको छ ।

बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताएकाछन ।