• गृहपृष्ठ
  • एनआईसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट

एनआईसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट

Apr 13th, 2020

काठमाडौ, बैशाख १

एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ छुट पाउने भएका छन् । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा सो मात्राको छुट पाउने भएको बैंकले जानकारी दिएको छ ।

छुुट दिने बिषयमा बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बैकले जानकारी दिएको छ ।यसका साथै यस बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २५ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।