नयाँ वर्षलाई प्रश्न

Apr 13th, 2020

–विभरा किराती

काठमाडौँ, १ वैशाख

मेरी आमाको सर्वाङ्ग छातीमाथि
निर्दयी मृत्यृहरुले खुलेआम परेड खेलिरहेको
यो निर्मम समय
मेरो बाबुको अभागी काँधमाथि टेकेर
क्रुर मृत्युहरुले ग्रिनेड पड्काईरहेको
यो हत्यारा समय
मेरो परेलीको डिलबाट
आँसुको पलहरु बगाएर
मेरो सुकेका ओठबाट
भित्रभित्रै हराईजाने रुवाइहरु लुकाएर
मेरो सामुन्ने
ठिङ्ग उभिएको मृत्यु छ
तसर्थ,
मेरो प्रश्न
नया वर्ष २०७७ लाई
के तिमी यी दिनदहाडै मान्छेको कोमल
घाटी चुडाउने
मृत्युलाई परास्त गर्न सक्छौ ?
के फेरी परेलीको डिलबाट
बगिरहेको आँसुलाई वापस गरेर
मान्छेका उज्याला आखाँहरुमा लान सक्छौ ?
के सुकिसकोका ओठहरुलाई
भरिलो बनाएर
बसन्तको मुस्कानहरुले भर्न सक्छौ ?
यो रहरलाग्दा यामहरुमा
किन पूmल र पालुवाहरुलाई
अभैmपनि तुषारोहरुले चिमोेटीरहेको छ ?
चिरविर र कलकलको भाकामा
तिमीलाई निम्तो दिने
यी चरा र खोलाहरुलाई
चट्याङले किन पोलिरहेको छ ?
यी सोकमग्न फुल र पालुवाहरु
यी भययुक्त चरा र खोलाहरु
अव कहिले देखि खुशिमा रमाउलान् ?
हामीसँग अनुत्तरित यी प्रश्नहरुको
नयाँ वर्ष
के तिमीसगँ सवैको लागी मेलखाने
खुसीको पोका फुकाउने उत्तर छ ?
यो वेमौसमा
फकिएनन् परदेशिहरु
सपनाको एकझोला भाग्य वोकेर
शहरबाट फिरेनन् कामदारहरु
आसाको बाटाहरु बोकेर
अघाएनन् उनिहरुको नानीहरुको पेट
गुलियाले पोतिएनन् नानीहरुको ओठ
पानीफोकाले भरिएका
आमाहरुको हत्केलामा लाइएन नौनीघिउ
हिउँदका चिसा शितहरुले
कोशी गड्तिरको गेगरहरुले
चिरपारेका बाबुको कुर्कुकुच्चाहरुमा
लाइएन एकजोर जुत्ता
यो घडिमा
तिमीलाई प्रश्न
नयाँ वर्ष २०७७
के तिमी यी कुराहरुको लागी
भागेदार बन्न सक्छौ ?
हरेक विहान उदाउँने यो सूर्जे
आफ्नो लालीमय खुशीहरु लिएर
किन नउदाएको ?
यो पृथ्विको प्रत्येक मान्छेहरुको लागि
उत्साहको समाचार लिएर किन नझुल्किएको ?
पुर्णेको वेलुकि सवैरै उदाउने जून
यो पृथ्विको मान्छेहरुको
चित्कार सुनेर
पीडा देखेर
किन भित्रभित्रै मुस्कुराई रहेको छ ?
औसिको रातमा हराएर
यो जून
किन षडयन्त्रको तानाबाना बुनिरहेको छ ?
नयाँ वर्ष
भनिदेउ ती सूर्जेलाई
भनिदेउ ती जूनलाई
प्रत्येक यो धर्तिको मान्छेहरुको आवाज
हामी यो प्यारो धर्तिमा वाँच्न चाहान्छौ ।