• गृहपृष्ठ
  • महालक्ष्मी लाईफ र प्रमुख कार्यकारीको कोरोना उपचार कोषमा रकम जम्मा

महालक्ष्मी लाईफ र प्रमुख कार्यकारीको कोरोना उपचार कोषमा रकम जम्मा

Apr 13th, 2020

काठमाडौं, बैशाख १

विश्वपव्यापी महामारीकोरूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को बिरामी नेपालमा पनि देखा परिसकेको छ। विश्वका सम्पन्न र विकसित राष्ट्र यो महामारीबाट आफ्ना नागरीकहरूलाई बचाउन संघर्ष गरिरहेका छन् र ठूलो धनराशि रोग नियन्त्रणको लागि खर्च गरिरहेका छन् । नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा नपुग्न भनि सरकारले भरमुग्दुर (कोशिश गरिरहेको छ। तर सरकार मात्रको प्रयासले यो महामारी नियन्त्रण तथा उपचार संभव नभएकोले सरकारले संघ संस्था र नागरिक संग सक्दो सहयोगको लागि आह्वान गरेको सर्व्विदितै छ ।

सरकारको सो प्रयासमा सहयोग गर्ने उद्धेश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सात लाख ५० हजार र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो मासिक प्राप्त हुने २ महिनाको तलब बराबर पाँच लाख ८४ हजार रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको कम्पनीले जनाएको छ ।