• गृहपृष्ठ
  • सोमबार देखि राष्ट्र बैंकले ४० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्ने

सोमबार देखि राष्ट्र बैंकले ४० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्ने

Apr 12th, 2020

काठमाडौं, चैत ३०


बिसं २०७७ सालको पहिलो दिन अर्थात भोलि सोमबारबाट नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्ने भएको छ । बार्षिक १० प्रतिसत व्याजदर कायम रहने गरी पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र २०८२ बिक्री गर्न लागिएको राष्ट्र बैकले जनाएको छ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य अन्र्तगत बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सक्नेछन । बचतपत्र खरिदको लागि घटीमा दश हजार रुपैयाँ र बढीमा दश हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकम सम्म खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने छ ।

बैशाख एक गते सोमबारदेखि बिसं २०७७ असार २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन मिती २०७७ बैशाख २७, जेठ २७ गते र असार २७ गते तोकिएको छ । बचतपत्रको सावाँ भुक्तानी अवधि २०८२ बैशाख २८ गते, जेठ २८ गते र असार २८ गते तोकिएको छ । बचतपत्र खरिदको सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, माछापुच्छे« बैंक, प्रभुु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैक, सेञ्चुरी कर्मसियल बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर तोकिकाएकाछन ।