• गृहपृष्ठ
  • प्रभु बैंकद्वारा कर्णाली प्रदेशका छ स्थानीय तहलाई खाद्यान्न र रकम सहयोग

प्रभु बैंकद्वारा कर्णाली प्रदेशका छ स्थानीय तहलाई खाद्यान्न र रकम सहयोग

Apr 11th, 2020

काठमाडौ, चैत २९

प्रभु बैंकले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ति स्थानीय तहहरुमा चार लाख ५० हजार रूपैयाँ बराबरको सहयोग गरेको हो । बैकको प्रदेशिक कार्यालय कर्णाली सुर्खेतको सामन्व्य मा कर्णाली प्रदेशका छ स्थानीय तहमा चार लाख पचास हजार रूपैयाँ बराबरको खाद्यान्न र नगद राहत सामग्री हस्तान्तरण गरेको बैंकका कर्णाली प्रदेशिक कार्यालयका सम्बन्ध अधिक्रित जगदिश चन्द्र मिश्रले जानकारी दिएकाछन ।

उनका अनुसार बिरेन्द्रनगर नगरपालिका सुर्खेत, नारायण नगरपालिका दैलेख, भागवतीमाई गाउपालिका दैलेख, गुराँस गाउपालिका दैलेख, खर्पुनाथ गाउपालिका हुम्ला र से फुक्शुन्डो गाउँपालिका डोल्पालाई खाद्यान्न र चेक हस्तान्तरण गरिएको हो ।