• गृहपृष्ठ
  • सनराइज बैंकको वि.सं २०७७ सालको क्यालेन्डर अनलाइन माध्यमबाट सार्वजनिक

सनराइज बैंकको वि.सं २०७७ सालको क्यालेन्डर अनलाइन माध्यमबाट सार्वजनिक

Apr 10th, 2020

काठमाडौ, चैत २८

सन्राइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिस्कभरिड नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्पmत आफ्ना ग्राहकहरुसम्म पु¥याउने निधो गरेको छ । सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइट वाट हेर्न र डाउनलोड गर्न सकिने छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लक डाउन र वर्क फर्म होमलाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कन्फरेन्स मार्फत सार्वजनिक गरिएको हो ।
बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको सुरक्षा र सहज्तालाई प्राथमिक्ता दिदैं आएको र आउने दिनहरुमा पनि दिदैं जाने जनाएको छ ।

क्यालेन्डरको लागि लिंक https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf