• गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

सिद्धार्थ बैंकद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

Apr 10th, 2020

काठमाडौ, चैत २८

सिद्धार्थ बंैक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडिमा आफनो सहयोगीहातहरुलाई अगाडि बढाउदैदुर्गम क्षेत्रमाबसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहतहुने गरी बैंकका स्थानियतह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको दरले स्थानीय तह राहत कोषमा पाँच लाख १० हजार रुर्पैयाँ सहयोग गरेको छ । बंैकले निरन्तर सहयोग प्रदानगर्दै आएको र सो सहयोगबाट आमनागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बंैकले लिएको छ । उक्त रकम बैंकका नबलपुर, महोत्तरी सुनसरी, काभ्रे लगायतका शाखाहरु मार्फत प्रदान गरिएको बैकले जानकारी दिएको छ ।

यसअघि बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा रु. १० लाखको दरले ७० लाख रुपैयाँआर्थिक सहयोग गरिसकेको छ । देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपालीजनताको साथमा रहीआएको छ र विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पुर्णरुपमा पालना गर्दै बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसीप्रविधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरु समक्ष आग्रह बंैकले गरको छ ।

बैकले निम्न शाखाहरु मार्फत सहयोग गरेको हो
क्रस शाखा
१ विनयीत्रिवेणी, नवलपुर
२ रामगोपालपुर, महोत्तरी
३ आमचोक, भोजपुर
४ गढी, सुनसरी
५ रोशी, काभ्रे
६ मर्चवारी, रुपन्देही
७ गोकुलगंगा, रामेछाप
८ देवघाट, तनहुँ
९ मकालु, संखुवासभा
१० गोलन्जोर, सिन्धुली
११ आदर्श कोटवाल, बारा
१२ यसोधरा, कपिलवस्तु
१३ माधवनारायण, रौतहट
१४ देवताल, बारा
१५ पुथाउत्तरगंगा, पूर्वी रुकुम
१६ बहुदरमाई, पर्सा
१७ वुढीगंगा, बाजुरा