• गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुुन श्रेष्ठ

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुुन श्रेष्ठ

Apr 10th, 2020

काठमाडौ, चैत २८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिको यही चैत २७ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम किरणकुमार श्रेष्ठलाई मिति २०७६।१२।२९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्ति गरेको छ ।

यस अघि श्रेष्ठ मिति २०७२।१२।२९ गते खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त भएका थिए । श्रेष्ठले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ्ग करिअर सुरु गर्नुभई नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए । श्रेष्ठले विश्व बैंकको सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेकाछन ।
उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेकाछन ।

बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त हुनु भएका श्रेष्ठलाई बैंक व्यवस्थापन तथा कर्मचारीहरुबाट शुक्रबार बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।