• गृहपृष्ठ
  • कोरोना महामारी नियन्त्रणका लागि सानिमा बैंकद्वारा १० लाख सहयोग

कोरोना महामारी नियन्त्रणका लागि सानिमा बैंकद्वारा १० लाख सहयोग

Apr 10th, 2020

काठमाडौ, चैत २८

कोरोना महामारी नियन्त्रण रोकथाम तथा उपचारका लागि सानिमा प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैया सहयोग गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकको जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ग्रामीण विकास लघुवित वितिय संस्थाले अढाईलाख रुपैया सहयोग गरेको छ ।

बैंकको जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई अढाई लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा सहयोगी विकास बैंक , एनसीसी बैंक, लक्ष्मी बैंक, नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , भाटभटेनी मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।