प्रभुु लाईफद्धारा ५० थान पिपिई सहयोग

Apr 10th, 2020

काठमाडौ, चैत २८

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ५० थान पिपिई सहयोग गरेको छ । कम्पनीले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान सहयोग गरेको हो ।

कम्पनीले चैत २८ गते आज शुुक्रबार उक्तस् वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिमार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्स प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।