• गृहपृष्ठ
  • सनराइज बैंकद्धारा सेती प्रादेशिक हस्पिटललार्ई २५ थान पीपीई सहयोग

सनराइज बैंकद्धारा सेती प्रादेशिक हस्पिटललार्ई २५ थान पीपीई सहयोग

Apr 9th, 2020

काठमाडौ, चैत २७

सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सेती प्रादेशिक हस्पिटललाई २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सो मात्राको पीपीई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री (पीपीई) हस्तान्तरण गरेका हुन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेकोमा धन्यवाद दिएका छन् । बैंककाका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको बताएकाछन ।

बैंकले हालसम्म विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी (पीपीई) उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिएको छ ।