• गृहपृष्ठ
  • ओपो, एरिक्सन र मिडिया टेकद्वारा भी ओएनआर भ्वाईस एण्ड भिडियो कलको सफल परिक्षण

ओपो, एरिक्सन र मिडिया टेकद्वारा भी ओएनआर भ्वाईस एण्ड भिडियो कलको सफल परिक्षण

Apr 8th, 2020

काठमाडौ, चैत २६

ओपोले पूर्णतः नेक्स्ट जेनरेशन फाइनजी नेटवर्कमा आधारित भई भ्वाइस र भिडियो कलगर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ । यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरिय फाइभ जी अनुभव वास्तविकताको थप नजिक पुगेको छ ।

एरिक्सन र मिडियाटेक संग सहकार्य गर्दै मिडिया टेकको डाइमेन्सिटी १००० सिरिज एसओसी सुसज्जित ओपोद्वारा परिमार्जित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोल्यूसनद्वारा सञ्चारित ईन्ड टू ईन्ड फाइनजी स्ट्यान्डअलोन (एसए) नेटवर्कको माध्यमबाट गरिएको हो ।

भीओएनआर पूर्णतःफाइभजी नेटवर्क (एसए आर्किटेक्चर) मा आधारित आधारभूत कल सेवा हो । पछिल्ला कल सेवासंग तुलनागर्दा भोओएन आरले उल्लेखनियरुपमा कम बिलम्बता, सुदृढ आवाजको गुणस्तर तथा गुणस्तरिय दृश्यानुभूतिका साथमा समग्र प्रयोगकर्ता अनुभव मै सुधार प्रदान गर्छ ।

एसए आर्किटेक्चर भविस्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो । हाल वैश्विक अपरेटर्सहरु निकै सक्रियरुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन् ।

एसए आर्किटेक्चर मातहत भीओएनआर सपोर्ट गर्ने पहिलो मध्यकै एक मोबाइलफोन ब्राण्डकारुपमा प्रारम्भिक ग्रहणकर्ताहरुले समेत पूर्णतः समग्र फाइभजी अनुभवको मज्जालिन सकुन् भन्नु ओपोको उद्देश्य हो ।

नयाँ पुस्ताका सञ्चार प्रविधिका लागि सबल प्राविधिक क्षमताका स्मार्टफोन निर्माताको आवश्यकता पर्ने हुँदा यस सफलता संगै अपरेटर्स तथा सञ्चार उपकरण बितरकहरुका लागि छनोटका आधारमा पहिलो प्राथमिकतामा समेत पर्न सघाएको छ ।