• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्धारा कोरोना भाइरस नियन्त्रणको लागि ५० लाख सहयोग

महालक्ष्मी विकास बैंकद्धारा कोरोना भाइरस नियन्त्रणको लागि ५० लाख सहयोग

Apr 8th, 2020

काठमाडौ, चैत २६

महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख सहयोग गर्ने भएको हो ।

बैंकले प्रदान गर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ । यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घर भित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।