• गृहपृष्ठ
  • एनएमबी बैंकद्वारा प्रदेश नं.२ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण

एनएमबी बैंकद्वारा प्रदेश नं.२ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण

Apr 8th, 2020

काठमाडौ, चैत २६

एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पिपिई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त सामाग्री सहयोग गरिएको हो ।

एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा उक्त सामाग्री हस्तान्तरण गरेका हुुन । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितको उपस्थिति रहेको थियो । बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पिपिई, जुत्ता , मास्क, सेनिटाइजर सहितको एक सय सेट रहेको छ ।