एलआईसीद्धारा ५१ लाख रुपैयाँ सहयोग

Apr 7th, 2020

काठमाडौ, चैत २५

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सरकारले स्थापना गरेको कोराना रोकथाम तथा नियन्त्रण कोषलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक एक कार्यक्रमबिच प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिनकुमार लालको समेत सहभागिता रहेको थियो । उक्त अवसरमा प्रमुुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको बताए ।