• गृहपृष्ठ
  • ३० अर्ब रुपैयाँको बिकास ऋणपत्र बिहिबार

३० अर्ब रुपैयाँको बिकास ऋणपत्र बिहिबार

Apr 7th, 2020

काठमाडौं, चैत २५

नेपाल राष्ट्र बैकले ३० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्न लागेको छ । आगामी बिहिबार पाँच बर्षे अवधिको विकास ऋणपत्र २०८१ “घ” बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले चैत २७ गते बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्नेछन । सावाँ भुक्तानी मिती बिसं २०८१ चैत २८ गते तोकिएको ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । खरिद गरेको ऋणपत्र धितो राखेर बैंकबाट कर्जा समेत लिन सकिने ऋणपत्रको दोस्रो बजार कारोवार भने नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने छ ।