• गृहपृष्ठ
  • राष्ट्र बैंकको गर्भनरमा महाप्रशाद नियुक्त

राष्ट्र बैंकको गर्भनरमा महाप्रशाद नियुक्त

Apr 6th, 2020

काठमाडौ, चैत २४

राष्ट्र बैंकको गभर्नर पदमा महाप्रशाद अधिकारी नियुक्त भएकाछन । मन्त्रीपरिषदको आज सोमबार बसेको बैठकले अधिकारीलाई गर्भनरमा नियुक्त गरेको हो ।

राष्ट्रिय लगानी बोर्डमा प्रमुख कार्यकारी समेत रहेका अधिकारीले अब राष्ट्र बैंकको जिम्वेवारी सम्हाल्नेछन । गर्भनरको लागि अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम भावी गर्भनरकोरुपमा सिफारिस गरेको थियो । सो मध्ये मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गर्भनर पदमा नियुक्त गरेको हो ।