• गृहपृष्ठ
  • राष्ट्र बैकले एक खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने

राष्ट्र बैकले एक खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने

Apr 6th, 2020

काठमाडौ, चैत २४

आर्थिक बर्ष २०७६/०७७ मा नेपाल राष्ट्र बैकले एक खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । जसमध्ये केही परिमाणमा यस्तो ऋण बिक्री गरिसकेको राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म उक्त परिमाणमा ऋण उठाउन लागेको जनाएको छ ।

बिक्री गरिने कुुल टे«जरी बिल, बिकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र बिक्री गरेर उक्त ऋण उठाउन लागेको हो । यसरी उठाउन लागिएको कुल ऋण मध्ये चालुु आवको दोस्रो त्रैमासमा २० करोड, तेस्रो त्रैमासमा ५४ अर्ब ४० करोड र चौथो त्रैमासमा एक खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।