• गृहपृष्ठ
  • लक्ष्मी बैंकद्धारा कोराना प्रभावितको लागि एक करोड सहयोग

लक्ष्मी बैंकद्धारा कोराना प्रभावितको लागि एक करोड सहयोग

Apr 5th, 2020

काठमाडौ, चैत २३

लक्ष्मी बैंकले कोरोना भाइरसको महामारीको नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैकका अनुसार एक करोड मध्ये २० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा र बाँकी ७० लाख रुपैयाँ सातै प्रदेशका सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

उक्त सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै नियमित आर्थिक गतिविधि संचालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत पुग्ने बिश्वास बैंकले लिएको छ ।