• गृहपृष्ठ
  • मेट लाइफले विश्वभर कोभिड १९ को रोकथामको लागि २५ मिलियन डलर सहयोग गर्ने

मेट लाइफले विश्वभर कोभिड १९ को रोकथामको लागि २५ मिलियन डलर सहयोग गर्ने

Apr 5th, 2020

काठमाडौ, चैत २३

वैश्विक महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ का कारण हाल विस्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउन्डेशनल २५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।

फाउन्डेशनले प्रदान गर्ने अनुदानले सबै मेट लाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्नेछ ।

मेट लाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफका अनुसार “सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य हो । मेटलाइफ फाउन्डेशनले कोरोना भाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ । हामी जुन समुदायहरूमा काम गर्छो । आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौँ ।”

मेट लाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ। मेटलाइफ फाउन्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग पु्र्याउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहने छ ।

यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् साथै कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेट लाइफ फाउन्डेशन र अन्य मेट लाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेकाछन्।

समयको अन्तराल संगै मेट लाइफ फाउन्डेशनले विश्वव्यापी परिदृश्यलाई नजिकबाट निगरानी गर्नेछन र बाँकी रहेको कोषहरूलाई परिमार्जन गरी यस महामारीबाट मुक्त हुन र मद्दत गर्न भूमिका खेल्नेछन् ।

मेटलाइफ फाउण्डेशनको बारेमा

मेटलाइफ फाउण्डेशनमा हामी आर्थिक स्वस्थता सबैको लागी हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागी हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछौँ ।ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछौं । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे । मेटलाइफ फाउण्डेशनले स्थापनाकाल देखि सन् २०१८ को अन्त्य सम्ममा ८२२ मिलियन डलर अनुदानमा दिइसकेको छ भने मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ । आजको दिनसम्म हाम्रो वित्तिय स्वस्थताको कार्य ४२ देशका ९.९मिलियन भन्दा बढी कम आय भएका व्यक्तिसम्म पुगसिकेको छ । मेटलाइफ फाउण्डेशनको बारेमा अझ जानकारी मेटलाईफको आधिकारिक वेभसाईटबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ ।