• गृहपृष्ठ
  • मेडिको नेपालले कोविड १९ सम्वन्धी जानकारी हटलाईन मार्फत दिने

मेडिको नेपालले कोविड १९ सम्वन्धी जानकारी हटलाईन मार्फत दिने

Mar 28th, 2020

काठमाडौ, चैत १५

मेडिको नेपाल जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासा लाई बुझी स्वास्थ्य सहजकता प्रस्तुत गर्दे आएकोमा अव कोभिड १९ सम्वन्धी जानकारी हटलाईन मार्फत दिने भएको छ ।

चिनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु भई कोविड १९ जो कोरोना भाइरसको १ भाइरस प्रजातिमा पर्दछ र अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ । कोविड १९ को माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको हो ।

मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा जनताहरुको कोविड १९ सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ । आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाहा सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । मोबाइल एप्स डाउनलोड गर्न https://bit.ly/2OdL1CG क्लिक गर्नु पर्नेछ ।

त्यसैगरी वेवसाइट र एप्लिकेसनमा कोविड १९ सम्बन्धी जानकारीहरु जस्तै कोभिड १९ का (लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ साथै कोभिड १९ द्धारा संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ । हाम्रो वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरुले आफ्नै घरमा बसिबसि आफ्नो स्वास्थ्य परिक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिनेछ ।