१८ अंकले घट्यो नेप्से

Mar 22nd, 2020

काठमाडौ, चैत ९

नेप्से आज आईतबार १८ दसमलव दुुई अंकले घटेर १२ सय ५१ दसमलव ४५ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ७६ अंकले घटेर दुुई सय ७१ दसमलव छ अंकमा पुगेको छ । एक सय २३ कम्पनीहरुको २३ सय ९१ वटा कारोवारमा चार लाख ८० हजार पाँच सय २७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ४६ लाख ४२ हजार नौ सय ८४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव १३ अंकले घटेर एक हजार ९३ दसमलव २६ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि १५ दसमलव ६७ अंकले घटेर १७ सय ११ दसमलव एक अंकमा पुुगेको छ । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । होटल, निर्जिवन बीमा र अन्य समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।