आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 20th, 2020

काठमाडौं, ७ चैत

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बिष्णुदेवीस्थित सोही नगरपालिका बिन्दाबासीनी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा कपास बनाउने मेसिन ३ थान तथा तयारी कपास जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँटमा सिरहा अठारी घर भई हरहरमहादेब बस्ने ३२ वर्षीय दिनेश कुमार ठाकुरको बालकृष्ण फर्निचरमा बिहीबार राति आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको काठपात जलेर नष्ट भएको छ । साथै आगलागीबाट स्थानीय टुकनाथ खनालको घरका सबै झ्याल ढोका, शारदा गौतमको घरको सबै झ्याल ढोका तथा पार्किङ गरी राखेको बा।३ ख ६५०७ नम्बरको मोटरसाइकलल आंशिक क्षति र बा।२ ज ४८२६ नम्बरको ट्याक्सीको ईन्जिन जलेर नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१ तिम्लसिना चोकस्थित महोत्तरी घर भएका संदिप कोईरालाको सिद्धार्थ ईन्टरप्राइजेज रङ तथा हाड्वयेर पसलमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा विभिन्न सामाग्रीहरु जलेर करिब १ करोड २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषा, धनुषाधाम नगरपालिका-४ गोहियाही बस्ने रामहृदय चौधरीको घरमा फोहोर जलाउने क्रममा चौधरीको घरमा समेत बिहीबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, उदयपुरगढी गाउँपालिका-५ बस्ने थमान मगरको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्याङ्जा, विरुवा गाउँपालिका-७ हगते बस्ने ४३ वर्षीया देवीमायाँ गुरुङको कच्ची घरमा बिहीबार बेलुका चट्याङ परी आगलागी समेत हुँदा नगद १ लाख ६५ हजार रुपैयाँ, आधा तोला सुन, अन्नपात र लत्ताकपडा जलेर करिब १० लाख ७० हजार रुपैयाँ  बराबरको धनमाल नष्ट भएको छ ।

झापा, मेचीनगर नगरपालिका-१५ मिलचोक बस्ने चुन्दा हस्ताको गोठमा शुक्रवार बिहान आगलागी भई घरमा समेत फैलँदा नगद २ लाख रुपैयाँ र अन्य सामान समेत गरी करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।