• गृहपृष्ठ
  • कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्यु

कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्यु

Mar 19th, 2020

नयाँदिल्ली, ६ चैत (रासस/सिन्ह्वा)

कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ ।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना सङ्क्रमित भएका छन् । तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् ।