• गृहपृष्ठ
  • ‘कोभिड १९’ रोकथाममा लाग्न स्वास्थ्यमन्त्री आग्रह

‘कोभिड १९’ रोकथाममा लाग्न स्वास्थ्यमन्त्री आग्रह

Mar 19th, 2020

काठमाडौँ, ६ चैत (रासस)

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्वरभर फैलिएको ‘कोभिड १९’ को रोकथामको प्रयास साझा रहेको भन्दै यसका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ मन्त्रालय र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा आयोजना गरेको कोरोना भाइरस सङ्क्रमण र मिडियाको भूमिका विषयक छलफलमा मन्त्री ढकालले माहामारी नियन्त्रण एक्लैको प्रयासले नहुने भन्दै सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

कोरोनाबारे सञ्चार माध्ययममा अपूष्ट समाचार आउने गरेको भन्दै मन्त्री ढकालले सत्यतथ्यको आधारमा समाचार प्रकाशन प्रसारण गर्न पनि आग्रह गर्नुभयो । सोही मन्त्रालयमा राज्यमन्त्री नवराज रावतले भाइरस नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको र यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक काममा बाहेक अन्य समयमा घरबाट ननिस्कन सबैलाई आग्रह गर्नुभयो । प्रवक्ता डा देवकोटाले विभिन्न अस्पतालमा हालसम्मा ५२९ जनाले यस भाइरसको परीक्षण गरेको भए पनि हालसम्म कसैमा पनि यसको सङ्क्रमण नदेखेनु सकारात्मक रहेको भन्दै सतर्क रहन भने आवश्यक रहेको बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले भाइरस नियन्त्रणको लागि सरकारको प्रयास सकारात्मक रहेको भन्दै यसमा सहयोग दिनका लागि सञ्चार माध्ययमको पनि निकै ठूलो भूमिका रहने बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले अहिले विश्वनै सङ्कटमा परेकाले सामाजिक उत्तरदाहित्का साथ काम गर्न सबै सञ्चार कर्मीलाई आग्रह गर्नुभयो । अहिले विशेष अवस्था भएकाले स्थलगत रिपोटिङ्मा जाने कर्मचारीलाई सञ्चार गृहले विशेष व्यवस्था गर्नुपर्ने धारणा पनि श्रेष्ठले राख्नुभयो ।