• गृहपृष्ठ
  • बीमासम्बन्धी विधेयकमा दफावार छलफल जारी

बीमासम्बन्धी विधेयकमा दफावार छलफल जारी

Mar 19th, 2020

काठमाडौँ, ६ चैत (रासस)

प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल जारी छ ।

बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमितलाई दाबी भुक्तानी पाउन झन्झट नहोस्, अनौपचारिक रुपमा बीमासम्बन्धी कामकारवाही हुन नदिन तथा बीमा मध्यस्थकर्ता वा निकायबाट काम गर्दा कानुनी प्रक्रिया अघि बढाउन सहज हुने बताउनुभयो ।

उहाँले समितिबाट प्राप्त सुझावलाई लिपिबद्ध गरी संशोधन आवश्यक भएमा त्यसैअनुरुप गरिने जानकारी दिनुभयो । प्राविधिकभन्दा पनि सैद्धान्तिक पक्षमा केन्द्रित सुझाव संशोधनमा समेटिने अर्थमन्त्रीको तर्क थियो ।

समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा भएको बैठकमा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसम्बन्धी व्यवस्था, बीमा मध्यस्थकर्ताको अनुमति, योग्दा, अनुमतिपत्र प्राप्त गर्न परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधानबारे छलफल भएको थियो ।

त्यसैगरी, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले निर्वाह गर्नुपर्ने दायित्व, इजाजतपत्र नवीकरण र खारेजी, बीमकको लेखापरीक्षण, कारवाहीको सिफारिस, नियमन, निरीक्षण तथा अनुगमन, बीमा सर्भेयरको काम, कर्तव्य र आचार संहितामा केन्द्रित रहेर छलफल भएको थियो ।

बीमा सर्भेयरले आफ्नो नजिकको नातेदार वा आफ्नो एकाघर परिवारको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिको नजिकको नातेदार क्षतिको मूल्याङ्न गर्न नपाउने व्यवस्था विधेयकले गरेको छ ।