विभिन्न हातहतियार सहित एक जना पक्राउ

Mar 19th, 2020

नवलपरासी (पूर्व),६ चैत

हुप्सेकोट गाउँपालिका २ चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय तारा बहादुर विकलाई घरमा लुकाई छिपाई राखेकोविभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखेका विभिन्न हतियार बरामद गरी तारा बहादुरलाई पक्राउ गरेको हो ।

बरामद भएका हातहतियारहरुमा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान,एयर गन १ थान, मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, पेस्तोलको गोली ५ राउण्ड, एसएलआरको गोली २ राउण्ड,थ्रीनटथ्री राईफलको गोली १ राउण्ड, एम सिक्सटिनको गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका २ थान रपुरानो कटुवा पेस्तोल तथा घोडा चाप लगायतका पार्टपुर्जाहरु छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।