• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Mar 19th, 2020

काठमाडौं , ६ चैत

नवलपरासी (पूर्व), बिनयीत्रिवेणी गाउँपालिका-१ स्थित सडकमा लु.२ ख ४६८ नम्बरको बस र लु.३२ प ३२९८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय बमबहादुर ढेँगा मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बमबहादुरको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाटमा लु.५० प २३०४ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सातदोबाटो बस्ने २० वर्षीय रोहन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।