• गृहपृष्ठ
  • भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभा बैठक चैत १३ मा

भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभा बैठक चैत १३ मा

Mar 19th, 2020

काठमाडौँ, ६ चैत (रासस)

भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी बिहीबार गर्ने निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको सतर्कता अपनाउने सन्दर्भमा बैठकको मिति अर्को साता बस्नेगरी सारिएको हो । कोरोनाको जोखिमलाई दृष्टिगत गरी गत बिहीबारदेखि उक्त सभाको बैठक स्थगन भएको छ ।