• गृहपृष्ठ
  • मनकामना केवुलकार सेवा शनिबारबाट बन्द हुदै

मनकामना केवुलकार सेवा शनिबारबाट बन्द हुदै

Mar 19th, 2020

आधारभूमी संवाददाता

काठमाडौ, चैत ६

नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले कोरोन ाभाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले आगामी चैत्र ८ गते शनिबार देखि मनकामना केवुलकार सेवा बन्द हुने जनाएको छ ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामनादर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिले देखी कोराना भाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै केवुलकार सेवा संचालन गर्दै आएकोमा हालको परिपेक्षमा भाईरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस भन्ने हेतुले केवुलकार सेवा यहि आउँदो ०८ चैत्र २०७६ देखि ३० चैत्र २०७६सम्मको लागि केवुलकार सेवा स्थगित गरिएको मनकामन ादर्शन प्रा.लिले जनाएको छ ।