• गृहपृष्ठ
  • नेपाल बंगलादेश बैँकद्धारा इमाडोल, ललितपुर स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

नेपाल बंगलादेश बैँकद्धारा इमाडोल, ललितपुर स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Mar 19th, 2020

काठमाडौ, चैत ७


नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, बुधबार वडा नं ४ इमाडोल, ललितपुर स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैँकले सो रकम उपलब्ध गराइएको हो । यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहजहुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी दिए ।

यसका साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्चप्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागतनारा नै ‘हामी सबैको बैंक ’भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।